क्रिकेटको ग्लोबल क्वालिफायरका लागि प्रारम्भिक चरणमा ३० खेलाडी छनोट



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा हुने टी-२० विश्वकप ग्लोबल क्वालिफायरको बन्द प्रशिक्षणका लागि पहिलो चरणमा ३० खेलाडी छनोट गरेको छ ।

क्यानले बिहीबार ३० खेलाडीको नाम सार्वजनिक गर्दै छनोट समितिले मुख्य प्रशिक्षक पुबुदु दासानायकेसंग सहकार्यमा ३० खेलाडी छनोट गरेको क्यानले जनाएको छ ।

अर्को वर्ष अष्ट्रेलियामा हुने टी-२० विश्वकपका लागि फेब्रुअरीमा ओमानमा हुने ग्लोबल क्वालिफायरमा नेपाल समूह बी मा छ ।

पहिलो चरणमा छनोट भएका खेलाडीले शनिबारदेखि काठमाडौंमा प्रशिक्षण गर्ने क्यानले जनाएको छ ।

सम्बन्धित समाचार