विराटनगर । राष्ट्रिय सभा सदस्यका लागि प्रदेश १ को निर्वाचनमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी नेकपा ९एमाले०बीच कडा प्रतिस्पर्धा हुने भएको छ ।
दुई पक्षको मतान्तर कम भएका कारण कडा प्रतिस्पर्धा हुने भएको हो । प्रदेश १ मा तीन जना सदस्यका लागि माघ १२ मा निर्वाचन हुँदैछ ।
राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य ९३ जना ९हाल ९२० र स्थानीय पालिका प्रमुखरउपप्रमुख २७४ ९हाल २७२० गरी ३६४ मतदाता छन् ।
३६७ मतदातामध्ये तीन सदस्य रिक्त छ । माओवादी केन्द्रबाट निर्वाचित प्रदेश सभा सदस्य टङ्क आङ्बुहाङ पदमुक्त भएका छन् । सोलुखुम्बुको खुम्बु पासाङ ल्यामु गाउँपालिकाका अध्यक्ष ङमि दोजी शेर्पा र भोजपुरको हतुवागढी गाउँपालिका उपाध्यक्ष चन्द्रमा राईको निधन भएका कारण स्थानीय तहको दुई मतदाताको पद रिक्त छ ।
निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुखरउपप्रमुखको मतभार १८ हुन्छ । जसअनुसार ९२ प्रदेश सभा सदस्यको मतभार ४४१६ छ र २७२ स्थानीय तह प्रमुख/उपप्रमुखको मतभार ४८९६ छ । प्रदेश १ मा ३६४ मतदाताको मतभार जम्मा ९३१२ छ ।
प्रतिक्रिया