पत्रकार छेटु शेर्पालाई मातृ शोक



काठमाडौं । गोरखापत्र अनलाइनकर्मी छेटु शेर्पाको ५५ वर्षीया आमा पेमाछिकी लमु शेर्पाको सोमबार विहान ७ बजे त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

पाचखपन नगरपालिका –९ संखुवासभामा जन्मिनुभएकी उहाँ केही वर्षयता गोकर्णेश्वर नगरपालिका–६ काठमाडौंमा बस्दै आउनुभएको थियो ।

एक साता अघि स्वास्थ्यमा समस्या आएपछि उहाँ त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत हुनुहुन्थ्यो ।

पार्थीव शरीरलाई शेर्पा समुदायको प्रचलन अनुसार अन्त्येष्ठी गरिने पारिवारिक स्रोतले जनाएको छ । शेर्पाका तीन छोरा र एक छोरी हुनुहुन्छ ।

सम्बन्धित समाचार