निकै बर्ष अघि,शायद ०६८ को जुरेस गोष्ठीमा हिमाविको शिक्षक नायक भएर सिलिचोङको सगरमाथा मावि ताम्कु पुगेको थिएँ।७१ सालमा तुम्बेटार हुँदै शिक्षक मित्र गणेश श्रेष्ठसँग माहेश्वरी मावि याफू,७० सालतिर असल शासनका अध्यक्ष जनक चापागाईसँग मानव अधिकार तालिम प्रशिक्षण गर्न शिसुवाको चेप्चेवा र बालाको पेलुम्बा अनि पछिल्लो दिनमा बिमल भट्टराईसँग नेवाटार पुगेको थिएँ।२०७४ मा स्थानीय निर्वाचन सम्पन्न गराउन मकालु-५को याफू पुगेको थिएँ।यसपूर्व म स्थानीय तहको गठन अघि५ पटक अरुण पारि पुगेको थिएँ।
उतिबेला खाँदबारी नगरको हेलुवबेसीसम्म रोइकराई गाडी जान्थ्यो।अरुण पारि तरेपछि त उही हो,उकाली-ओराली,पत्थरिला बाटाहरु,ढुङ्ग्यान भिर र उराठलाग्दा पखेरहरुमा पसिनाका धारा छुटाउँदै ,पैतालामा फोका उठाउँदै निरन्तर उक्लिरहनुपर्थ्यो। बुम्लिङ पर्तिरको अप्ठ्यारो भिरमा खुट्टा काम्दा र सङ्खुव खोलामा झोलुङ्गे पुल हल्लिँदा,अनि ती पखेराका अप्ठेर चट्टानका चुली उभिएर खुइ गर्दै हेर्दा लाग्थ्यो-खै यता त मोटर हाम्रो जुनिमा के कुद्ला र!बिजुली के बल्ला र!!धन्न सुरुबुरु माबि स्कुल त खुलेछन्।पक्की भवन त बन्ला र!यस्तै सम्झेर हरेकपटक खुइ काडेको थिएँ मैले।
२०७८ पौषमा विनोद किराँतीको ‘संघर्षका छालहरु’नामक कृतिको बिमोचन र समीक्षा गर्न सिलिचोङले प्रमुख अतिथिको रुपमा बोलायो।पौष २३ गते खाँदबारीबाट बिरामी ल्याएर फर्केको गाडी फेला पर्यो।३ बजेतिर खाँदबारीको सुम्निमा होटल अगाडिबाट गाडी चढेर म प्रस्थान भएँ।चालक अमर कुलुङ’ताम्कुले दाइ’को अविश्रान्त जीवन कहानी र हँकाई सँगै गाडीका चक्काहरु तुम्लिङतर्फ फन्को मारेर अरुणको फेरि पर्खन सतिघाटको वारि बगरमा पुग्यो।पक्की पुल त धेरैले भाषणमा बनाए तर गाडी तार्न चाहि फेरिले लगभग ४५ मिनेट लगायो।फेरि पारि रहेछ।नदी तर्दा धर्तीमा साँझ खसिसकेको थियो।
षडानन्द नगरपालिकाको दिङलाको उकालो आधाभन्दा बढी काटेपछि गाडीको उज्यालो दाहिनेतर्फ तेर्सियो।अँध्यारोलाई चिर्दै परपर सम्म उज्यालो पोखेर गाडी घच्याकघुुचुक् गर्दै रह्यो।घरि दाँबायाका घर ,घरि रुखहरु देखा पर्थे ।निकै बेरपछि बालुवानी आयो,कात्तिके घाट आयो।झन्डै साडे साततिर बुम्लिङ आयो र बुम्लिङ्को अप्ठेरो सकिएपछि सङ्खुवा खोलामाथि मोटरेबल काठे पुल देखियो फोकस लाईटमा ।काठेपुलमाथिबाट निर्धक्क तरेपछि मोटरका चक्काले सङ्खुवा सभाको सिलिचोङमा स्पर्श गर्यो।यसरी सतिघाटको पुल तरेर शुरु भएको हाम्रो भोजपुर जिल्लाको यत्रा सङ्खुवाको काठेपुल तरेपछि सकिएको थियो।
भोजपुरको बाटो सकिएको थियो,हाम्रो यात्रा सकिएको थिएन।माङ्तेवा फेदीबाट पहाडले पटुका बाँधेझै मोटरको बाटो उकालियो।तर बाटो निकै सजिलो थियो।ढुङ्गा छापेका ठाउँहरु पनि अपेक्षाकृत चिल्लो थियो।यताका ढुङ्गा खाँदबारीकाभन्दा चिल्ला हुन् कि छपाइ मिहिन हो?म ड्राइभर दाइसँगै ठट्टा पनि गर्न पुगेछु।अधेरोमा सकिनसकी हामीलाई चियाउने खुर्पे जुन पनि पश्चिमपट्टि चिन्ना गर्यो।अब त के थियो र!बाटो अगाडि अलिकति देखन्थ्यो,गुरुजीको कुरा अलिकति सुनिन्थ्यो।बाँकि त उकालनु थियो।सजिलै उक्लिरहेथ्यो गाडी।गुरुजीले भन्नुभो”लौ ताम्कु आयो।”एकछिनपछि-” गुराँसको घर
आयो।”नभन्दै सर्जक बाटोमा आइपुग्नुभो,बाटैमा रहेछ घर।प्रकृति र गुराँसको आतिथ्यमा रमाए।ओछ्यानमा ढल्केपछि सोचेँ-“हँ भाइ बाटो त गज्जब बनेछ।यति हो कि अरु पनि होला?”
भोलिपल्ट कार्यक्रमस्थल पुगेँ।बिसाल सभाभवन रहेछ।कसरी बनाए यो सभाभवन?कार्यकारी अधिकृत रामराजले भन्नुभो-आहा!पहिले त डोकोमा बोकेको फलाम,बालुवा र सिमेन्ट।”यही दुखले बाटो बनाएछन्।घुम्ती अलिअलि हो र!डाडाबाट तल हेरेँ अरु भवनहु पनि पक्की रहेछन्।स्वास्थ केन्द्र र विद्यालय होलान्।आँखाले भ्याएसम्म वल्लापल्ला डाँडाको शिरपुच्छर हेरेँ।सबैतिर मोटरबाटो बेँसीबाट लेकखर्कसम्म पुगेका रहेछन्।तेर्सै तेर्सै पनि वारपार कुदेका रहेछन्।सिलिचोङ क्लबका संस्थापक र एमाले नेता नरभुपाल दाइसँग भेटभो।उहाँले भन्नुभो-“बाटो त सबै वडाहरुमा सजिलो पुगेको छ।जताततै छ सर।”
मैले वहाँलाई सिलिचोङ क्लब खोलेर २०४१ देखि बालक तथा युवाहरुलाई खान,बोल्न,नाच्न,गाउन र खेल्न सिकाउँदै गरेको देखेको थिएँ।यो बिकासको लागि सचेतनाको जग त सिलिचोङ क्लबकै हो नि हैन!कुरैकुरामा मैले मोबाइलको फेसबुक मेसेन्जरबाट हङ्कङमा दाजु गुरुङलाई हङकङ सङखुवसभा पुरस्कार एउटा चाहि सिलिचोङ क्लबलाई दिन प्रस्ताब पठाएँ हुन्छ भन्ने मेसेज आयो।सबैलाई सुनाएँ।सिलिचोङ मुस्कुरायो।वाइफाइ चल्दोरहेछ,फोन पनि मजाले टिप्ने।दिनभि कार्यक्रम खाँदबारी एफएमले प्रत्यक्ष सभाहलबाट प्रसारण गर्यो। ओहो!सिलिचोङले सन्चारमा पनि पो फड्को मारेछ।
लोकार्पण पछि गापा प्रमुख राम कुलुङ्,कार्यकारी प्रमुख रामराज पौडेल,लेखा प्रमुख,कृषि तथा प्रशासन प्मुख भद्र कुलुङ्,योजना प्रमुख प्रविण कुलुङ्,शिक्षा संयोजक वुद्धि कुलुङ्,कार्यपालिका सदस्य एवम् स्रष्टा गुराँस सेगमेन्ट लगायत दर्जन साथीहरुको अनुरोधमा त्यहाँबाट सिधै तिन किलोमिटर माथि नागिटार गएँ।राम कुलुङको बाइकमा पछिल्तिर बसेँ र ऊहाँले सलल उकालोमा बाइक कुदाउनुभो।बाधा छैन।साँघुरो छैन।टारको भित्तापट्टि पेटपेट पल्लो छेउ पुगेपछि चौरमा बाइक रोकियो नागिटारमा।”अझै २५००मिटर माथि हामीले बनाएको मिनि साल्पा र मिनि खेम्पालुङ गुफासम्म यस्तै राम्रो बाटो छ जौँ सर।”रामले अनुरोध गर्नुभयो।रहर उठ्दै थियो,मनिटारको सानो तलाउमा दिन ढल्दै थियो,चौरलाई साँझले सुम्सुम्याउँदै थियो।”अर्को पल्ट आउने !”भनेर मैले नम्र अस्विकृति जनाएँ।
फर्कँदा बेसिन्दा पहिरो पीडित २२ घर परिवारलाई मानिटारमा पुनर्थापित गरेको सर्वहारा बस्ती घुमाउनुभयो रामले।मालिङ्कै चित्राले बारेका छाएका घरहरुमा पालिकाले किनिदिएका चर्खामा धागो कात्दै थिए,तानमा अल्लोको कपडा बुन्दै थिए महिलाहरु।बिचमा पटाङ्गिनी,खानेपानी,सामुदायिक भवन बनाइ दिएछ पालिकाले। बाटोको दाँयापट्टि प्लटिङ गर्दै रहेछ पालिकाले ।अलि तल सामुदायिक भवन रहेछ ,त्यो पनि पालिकाले नै बनाईदिएको रहेछ।यसबर्षका पहिरोपीडितलाई यहाँ पुनर्स्थापित गर्ने योजना रहेछ प्रमुखको।बाइक कुद्दै गयो प्राय:टोलहरुमा पालिकाले सामुदायिक भवन पालिकभरि नै बनाइदिएछ।केही तल झरेपछि पालिका र मा विको नजिकै बाटोमुनि एउटा मैदान जग्गा देखाएर रामले भने-“यहाँ १० रोपनी छ सर!खारेर रङ्गशाला बनाउन पालिकले लिएको छ।
कृषि बिषय पढाइ हुँदो रहेछ स्कुलमा।त्यसको लागि २० रोपनी जग्गा लिएछ पालिकाले।गाउँगाउँमा डाक्टरको सेवा पर्याउने नीति रहेछ। त्यहीभएर नेपाल भरिमै सिलिचोङ स्वस्थ्य सेवा पुर्याउने कार्यक्रममा प्रथम घोषित भएको रहेछ।निशुल्क नून पनि बाँड्दो रहेछ।पालिकले ४०%मा एम्बुलेन्स सेवा दिदो रहेछ।”मोटर किन्यो भने एकपटक काठमान्डौ जाँदा दुईलाख खर्च हुन्छ,बरु आफ्नै मोसाइकलमा जाँदा
१० हजारले पुगेर आइन्छ।”भनेर रामले मोटर किनेनछन्।
गाउँपालिकाको बजेटले बिकासको काम गर्दा कम्तीमा ४०%स्थानीय जनताले पाउने पोलिसी रहेछ।पाउँदा पनि रहेछन्।असाध्यै मिहिनेती पनि मानिसहरु।अचम्म अरु पालिकामा त कार्यकारी अधिकृत ६ महिना,बर्षदिन,डेडबर्षभन्दा टिक्दैनन्,यहाँ त स्थानी तहको सरकार बनेदेखि साढे तीन बर्ष रामराज पौडेल नै निरन्तर कार्यरत छन्। गाउँपालिका प्रमुख अलपमतमा छन्।बजेटको स्थितिबारे सोध्दा रामले भने-“त्यही २४ करोड आउँछ, १४ करोड शिक्षा,स्वास्थ र कर्मचारीमा सकिन्छ।३० लाख पनि आन्तरिक राजस्व उठ्दैन।जम्मै माननीयहरुको बिकास कोषबाट तिन बर्षमा एककरोड पनि आएको छैन।वडा भवन र पालिका भवन पनि बनाउनै पर्यो।”
हिँड्ने बेलामा माओवादीबाट मनोनित कार्पालिका सदस्य बिनोद किराँती र एमालेबाट कार्यपालिका सदस्य नरभुपाल राईलाई सोधेँ-“रामको कार्यशैली कस्तो छ?”उहाहरुले भन्नभो -“इमान्दार हुनुहुन्छ,पारदर्शी र मिलसार हुनुहुन्छ।सहकार्य र एकता गर्न सक्षम हुनुहुन्छ।हाम्रो पनि सहयोग छ।” बेलुकीको बसाइमा सबै मेरा विद्यार्थीहरु जो कर्मचारी छन् उनीहरु पनि यसै भनिरहेका थिए।बेलुकी गाउँभरि बिजुलीको रोसनी फैलिरहेको थियो।लकुवा माइक्रो हाइड्रोबाट बिद्युत उत्पादन भइसकेछ।मैले मोबइल चार्ज गरेँ।
उसो त सबभन्दा कम बेरुजु निस्केको पनि सिलिचोङ नै हो नि।बिकासको सिँडी चढ्दै छ कसरी नभन्नु!?
प्रतिक्रिया