काठमाडौं । यही माघ १२ गते हुन लागेको राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रयोग हुने मतपत्र छपाइको काम सकिएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले करिब दुई हजार पाँच सय थान मतपत्र छापिएको जानकारी दिए । राष्ट्रिय सभा निर्वाचनमा सातै प्रदेशमा कूल २०२५ मतदाता छन् ।
आयोगका अनुसार छापिएका मतपत्र माघ ४ गतेदेखि निर्वाचन अधिकृतको कार्यालयमा पठाउने काम सुरु हुने छ । माघ ७ गतेभित्र सबै निर्वाचन अधिकृतको कार्यालयमा पठाइसक्ने निर्वाचन आयोगले जनाएको छ ।
प्रतिक्रिया