हेटौंडा । बागमती प्रदेशमा राष्ट्रिय सभाको मतदानस्थलमा प्रदेश सांसदले नै निर्वाचन अधिकृतको कठालो समाएपछि लफडा भएको छ।
गोप्य मतदान केन्द्रमा माओवादी सांसद हिमाली गोलेले फोटो खिच्दा लफडा भएको छ हो।
उनले फोटो खिच्दा निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले मोबाइल खोसेको भन्दै माओवादी सांसद राजकाजी श्रेष्ठले निर्वाचन अधिकृतको कठालो समातेका छन्। अहिले स्थिती तनावग्रस्त बनेको छ।
प्रतिक्रिया