काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)को १५ औं संस्करणको अक्सनका लागि नेपालबाट सन्दीप लामिछाने मात्रै परेका छन्।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बिसिसिआईले मंगलबार सार्वजनिक गरेको ५ सय ९० खेलाडीको सूचीमा नेपालबाट सन्दीप मात्रै अटाएका हुन्। नेपालका १५ खेलाडीले आइपिएलको मेगा अक्सनका लागि नाम दर्ता गराएका थिए।
सन्दीपबाहेक नेपालबाटआसिफ शेख, पवन सर्राफ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहित कुमार पौडेल, सुशान भारी, आरिफ शेख, अविनाश बोहरा, विनोद भण्डारी, शरद भेषावकर, कुशल मल्ल, करण केसी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले नाम दर्ता गराएका थिए।
सन्दीपको बेस प्राइस ४० लाख भारतीय रुपैयाँ तोकिएको छ। उनलाई अनुबन्ध गर्ने टिमले न्यूनतम भारु ४० लाख अर्थात नेपाली ६४ लाख रुपैयाँ तिनुपर्नेछ।
सन्दीपलाई सन् २०१८ मा तत्कालिन दिल्ली डेयर डेभिल्सले न्यूनतम मूल्य २० लाख भारुमा अनुबन्ध गरेको थियो। त्यस सिजनमा दिल्ली लिगबाट बाहिरिएपछि अन्तिम तीन खेल खेल्दै उनले ५ विकेट लिएका थिए ।
२०१९ मा दिल्लीले ६ खेलमा मौका दिँदा सन्दीपले ८ विकेट लिएका थिए । सन् २०२० मा भने सन्दीपले मौका पाएनन् । २०२१ मा सन्दीपले आफ्नो अक्सनमा मूल्य ४० लाख भारु राखे पनि कुनै पनि टोलीले मूल्य लगाएका थिएनन् ।
आइपिएलको मेगा अक्सन आगामी फेब्रुअरी १२ र १३ मा बैंगलोरमा हुनेछ। अक्सनमा सहभागी ५ सय ९० खेलाडीमध्ये ३ सय ७० जना भारतीय र २ सय २० जना विदेशी रहेका छन्।
प्रतिक्रिया