८५ बर्षीय लेखक गौलीको पुस्तक सार्वजनिक



खाँदबारी । अमेरिका यात्रा नामक पुस्तक विमोचन अमेरिका यात्रा नामक पुस्तकको विमोचन गरिएको छ । जिल्ला समन्वय समितीका प्रमुख सुमन शाक्यले बुधबार लेखक तथा पत्रकार भोला गौली द्धारा लिखित अमेरिका यात्रा पुस्तक एक कार्यक्रमका बीच विमोचन गरेका हुन् ।

खाँदबारी –८ निवासी ८५ बर्षीय गौलीले अमेरिका यात्रा नामक प्रकाशन गरेका हुन् । गौलीले पुस्तकमा अमेरिका यात्रा गर्दाका दैनिक संमरण प्रकाशन गरेका छन् । पुस्तक विमोचन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितीका प्रमुख शाक्यले भने लेखक भोला गौली संखुवासभाको इतिहास र परिचित नाम भएको बताए । नेपालीको औषत आयु भन्दा माथि ८५ बर्ष पुगेर पनि आफैले लेखन क्षमता राख्नु हामी हाम्रा लागि प्ररणादायी भएको प्रमुख शाक्यले बताए ।

अमेरिका यात्रा पुस्तकले अहिलेका युवा पुस्तालाई दैनिकी लेख्न प्ररणा दिएको प्रमुख शाक्यले बताए । हेर्दा सामान्य देखिएपनि दैनिकी लेख्न निकै गारो कुरा भएको प्रमुख शाक्यले बताएद । यो सानो पुस्तक भएपनि भाविपुस्ताका लागि एउटा इतिहास सावित हुने बताए । पुस्तक विमोचन कार्यक्रममा प्रगति सिल लेखक संघका अध्यक्ष राजेन्द्र सर्वहारा, डा.मातृका तिम्सीना,साहीत्यकार ताराबहादुर बुढाथोकीले बिमोचीत पुस्तकका बारेमा चर्चा परिचर्चा गरेको थिए । लेखक गौलीले यसअघि सेतो गुलाव लगात दुईवटा पुस्तक प्रकाशित गरिसकेका छन् ।

सम्बन्धित समाचार