पाँचथर । पाँचथरको उच्च पहाडी क्षेत्रमा पर्ने फालेलुङ गाउँपालिकाको धुपीडाँडामा लेक लागेर एक जनाको ज्यान गएको छ ।
जिल्लाको फालेलुङ गाउँपालिका–५ का ३१ वर्षीय विशाल मगरको लेक लागेर आज बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
आहाल भन्ने ठाउँमा रहेको चौरी गोठमा जाने क्रममा हिउँको कारण लेक लागेर उहाँको ज्यान गएको प्रहरी निरीक्षक एवम् सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिनुभयो ।
भाइ विक्रम मगरसँग आहाल जाँदै गर्दा हिउँमा हिँड्न नसकेर घर फर्कने क्रममा विशाललाई लेक लागेको थियो ।
प्रतिक्रिया