सिके राउत नेतृत्वको जनमत पार्टीको आन्दोलनका कारण पूर्व–पश्चिम राजमार्ग ठप्प



काठमाण्डौ । सिके राउत नेतृत्वको जनमत पार्टीको आन्दोलनका कारण पूर्व–पश्चिम राजमार्ग ठप्प भएको छ ।

किसान हकहितका लागि भन्दै गरिएको आन्दोलनले सप्तरी, सिरहा, धनुषालगायत जिल्लामा यातायात ठप्प भएको छ।

यस्तै, राजमार्ग बन्द हुँदा मधेस प्रदेश हुँदै पूर्व-पश्चिम जाने आउने लामो दूरीका गाडी पनि चल्न सकेको छैन ।

राजमार्गमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी खटिएका छन् । जनमत पार्टीले किसानलाई समयमा नै मल उपलब्ध गराउनुपर्ने, सिँचाइको व्यवस्था वा कृषि बिजुली निःशुल्क गर्नुपर्ने, किसानलाई समेत पेन्सनको व्यवस्था गर्नुपर्ने लगायत ११ बुँदे माग राखेको छ ।

सम्बन्धित समाचार