आईटी कम्पनीहरुमाथि १८ करोड २७ लाख कर छलीको मुद्दा



काठमाडौं । राजस्व अनुसन्धान विभागले कर छलीको आरोपमा विभिन्न आईटी कम्पनीहरुविरुद्ध मुद्दा दायर गरेको छ । कर छल्ने आईटी कम्पनीहरुविरुद्ध विभागले सवा १८ करोड रुपैयाँको बिगो माग दाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दर्ता गराएको हो ।

विभागका अनुसार ब्रिङ मिडिया डिष्ट्रब्यूसन प्रालिका सञ्चालक चन्द्रबहादुर अधिकारी, कम्पनीका व्यवस्थापक सुरेन्द क्षेत्री र अर्का व्यवस्थाक सुमन क्षेत्रीमाथि कर छलीको मुद्दा दर्ता भएको हो । अर्को कम्पनी स्टार इण्डिया प्रालि भारतको आधिकारिक बिक्रेता जुपिटर मिडिया प्रालिका प्रोप्राइटर अञ्जली अरोरविरुद्ध समेत विभागले मुद्दा दर्ता गरेको छ ।

विभागका अनुसार यी कम्पनी तथा फर्मले वस्तु तथा सेवा बेगरको करम विजक मात्र लिएको, आफूले व्यवसायिक रुपमा गरेका सम्झौता अनुसारको प्राप्त हुने व्यवसायिक आयलाई लुकाईरछिपाई वास्तविक कारोबारमा समावेश नगरेको कसुर देखिएको छ । व्यवसायिक कारोबारका लागि प्रालिका नाममा खोलिएको बैंक खातामा जम्मा भएको रकमलाई वास्तविक कारोबारमा समावेश नगरी देखाउने पर्ने वास्तविक कारोबार नदेखाएको र नपाउने खर्च समेत दावी गरी मूल्य अभिवृद्धि करतर्फ क्रेडिट दावी र आयकरतर्फ खर्च दावी गरी मूअक र आयकर दुवै छली गरेको अभियोग उनीहरुमाथि लागेको छ ।

विभागले उनीहरुमाथि मूल्य अभिवृद्धि करतर्फ ६ करोड ११ लाख ५५ हजार ५ सय १८ र १२ करोड १६ लाख २८ हजार २ सय ३७ रुपैयाँ आयकर गरी कुल १८ करोड २७ लाख ८३ हजार ७ सय ५२ विगो कायम गरी शतप्रतिशत जरिवाना र सजाय माग्दै मुद्दा दर्ता गरिएको हो । विभागले सजाय र विगो गरी ३६ करोड ५५ लाख ६७ हजार ५ सय ४ रुपैयाँ सजाय माग गरेको छ ।

सम्बन्धित समाचार