देवरले पेट्रोल छर्केर आगो लगाउँदा घाइते भएकी महिलाको मृत्यु



काठमाडौं । सप्तरीमा देवरले पेट्रोल छर्केर शरीरमा आगो लगाइएकी एक महिलाका ज्यान गएको छ।

बोदेबर्साइन नगरपालिका १ धनगढीका परमेश्‍वर साहले आफ्नो भाउजू राजकुमारी साहको शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ। आगोेले जलेर गम्भीर घाइते भएकी राजकुमारीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

२० वर्षीय परमेश्वरले माघ २१ गते घरमा रोटी पकाइरहेको अवस्थामा २७ वर्षीया राजकुमारीको शरीरमा पेट्रोल छर्केर आगो लगाएको राजकुमारीको श्रीमान रविनको आरोप छ।

राजकुमारीको विराटनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। आगो लगाउने परमेश्वरविरूद्ध रविनले जाहेरी दिएकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार