दाङ आगलागी अपडेट : पाँचजनाको मृत्यु



काठमाडौं । तुलसीपुर उपमहानगरपालिका-५ मा रहेको चप्पल गोदाममा भएको आगलागीमा परी पाँच जनाको मृत्यु भएको छ। ‘ङ’ लाइनमा रहेको इरम फुटवेयर चप्पल गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ।

आगलागीमा परी मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेको तर उनीहरुको परिचय नखुलेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले थाहाखबरलाई जानकारी दिए।

गोदाम रहेको चार तले घरमा बिहीवार राति २ बजे आगलागी भएको प्रहरीले बताएको छ। आगो पहिलो तलाबट लागेको बताइएको छ। डिएसपी अर्यालका अनुसार केहीबेर अगाडि आगो नियन्त्रणमा आएको छ।तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरको दमकल, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका हुन्।

सम्बन्धित समाचार