बारले आजदेखि फेरि सर्वोच्च अदालतमा प्रदर्शन गर्ने



काठमाडौं । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले आइतबारदेखि फेरि सर्वोच्च अदालत परिसरमा प्रदर्शन गर्ने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा अनि न्यायपालिका सुधारको माग राखी बारले भौतिक उपस्थितिमै प्रदर्शन गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमणको जोखिम बढेपछि बारले पुसको अन्तिम सातादेखि २५ जनाको उपस्थितिमा मात्रै सांकेतिक प्रदर्शन गर्दै आएको थियो ।

कोरोना संक्रमणको कारण सर्वोच्च अदालतले सेवा कटौती गरेपछि बारले पनि भौतिक उपस्थितिको साटो हरेक दिन ११ बजेदेखि १२ बजेसम्म भर्चुअल रुपमा विरोध प्रदर्शन गरिरहेको थियो ।

सम्बन्धित समाचार