काठमाण्डौ । नेकपा एमालेले पार्टीबाट निष्कासन गरेका माधव नेपालसहित १४ सांसदलाई कारबाहीको माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदनमा आज सुनुवाइ हुँदैछ ।
१४ जना सांसदलाई कारबाही र नेकपा समाजवादीको खारेजीको माग गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट भदौ १७ गते दायर रिट निवेदन लामो समयदेखि हेर्न नभ्याइने भन्दै सर्वोच्चले पन्छाउँदै आएको थियो । रिट निवेदनको आज पेशी तोकिएको हो ।
रिटमा सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग, माधवकुमार नेपालसहित १४ सांसद, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय लगायतलाई विपक्षी बनाइएको छ ।
प्रतिक्रिया