संखुवासभाको सभापोखरी २ मा ह्याम्मरले हानेर बुवाको हत्या



संखुवासभाको सभापोखरी गाउँपालिका वडा नं २ वितलवमा ह्याम्मरले हानेर आफ्नै बुवाको हत्या गरेको छ । शुक्रबार राति (गएराति) साईलो छोराले धारिलो हतियार प्रहार गर्दा बुबाको मृत्यु भएको हो । ५० बर्षिय दल बहादुर दर्जीलाई राति करिब ११ बजे ह्याम्मर प्रहार गर्दा घटना स्थलमा नै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक सुभेष अधिकारीले जानकारी दिए । घटनामा संलग्न छोरालाई पक्राउ गरि थप अनुसन्धान भई रहेको छ ।

बुवा छोराले मध्यपान सेवन गरेका कारण झगडा भएको देखिएको वडासदस्य लाल बहादुर श्रेष्ठले जानकारी दिए । बुवा विहे भोजबाट फर्केको र छोरो गाउँतिरबाट मध्यपान सेवन गरेर घरमा आई झगडा भएको थियो । छोराले पटक पटक आमालाई कुटपिट गरिरने भएकोले बुवाले सम्झाउँदा झगडा भई सुतेका थिए । वडासदस्य श्रेष्ठका अनुसार बुवा सुतेको समयमा ह्याम्मरले हानेको देखिन्छ ।

सम्बन्धित समाचार