संखुवासभामा जिल्लास्तरीय धनुषवाण तीर हान्ने (आर्चरी) प्रतियोगिता संचालन हुने



संखुवासभा । ‘खेलकुदको बिकास सँगसँगै, संस्कृतिको संरक्षण’ भन्ने मुलनाराका साथ संखुवासभामा जिल्लास्तरीय धनुष वाण तीर हान्ने (आर्चरी) प्रतियोगिता आयोजना हुने भएको छ ।

शेर्पा समुदायको २१४९औं ग्याल्बो ल्होसार पर्वको अवसरमा सदरमुकाम खाँदबारी–७ स्थित खेलमैदानमा प्रतियोगिता संचालन हुने भएको हो । संखुवासभा जिल्ला आर्चरी संघको आयोजनामा धनुषवाण तीर हान्ने ९आर्चरी० प्रतियोगिता संचालन गरिने भएको हो । यहि फागुन १२ गते बिहिबार उद्घाटन भई तीन दिन सम्म चल्ने प्रतियोगिता आइतबार समापन हुने आर्चरी संघ संखुवासभाका अध्यक्ष पासाङ भोटेले बताए । उनले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको समेत जानकारी दिए ।

संखुवासभा जिल्लाभरका १० वटै स्थानीय तहभित्रका स्थानीयहरुले सहभागिता जनाउन पाउनेछन् । टोलस्तरीय र क्लबहरुले सहभागिता जनाउन पाउनेछन् तर टिम एउटै गाउँका ५० प्रतिशत खेलाडीहरु हुनुपर्ने नियम बनाइएको आयोजकको भनाइ छ । जिल्लाभरबाट १२ देखि १५ टिम सम्म सहभागी आउने अध्यक्ष भोटेको भनाइ छ ।

विजेताले प्रथम पुरस्कार वापत नगद एक लाख १ सय ९९ रुपैंया, मेडल, प्रमाण पत्र र ट्रफी रहेको छ । दोश्रो पुरस्कार नगद ५१ हजार १ सय ९९ रुपैंया, मेडल, प्रमाण पत्र र ट्रफी रहेको छ । तेस्रो पुरस्कार ३० हजार १ सय ९९ रुपैंया, मेडल, प्रमाण पत्र र ट्रफी रहेको छ भने चौथो पुरस्कार १५ हजार १ सय ९९ रुपैंया, मेडल, प्रमाण पत्र र ट्रफी रहेको छ । त्यसैगरि उत्कृष्ट खेलाडी ५ हजार १ सय, , मेडल, प्रमाण पत्र र ट्रफी रहेको छ भने धेरै अंक ल्याउने खेलाडीलाई ५ हजार १ सय, , मेडल, प्रमाण पत्र र ट्रफी रहेको छ । अनुशासित, जेष्ठ खेलाडी र नवप्रतिभा खेलाडीलाई ५ हजार १ सय, मेडल, प्रमाण पत्र र ट्रफी रहेको छ ।

उक्त प्रतियोगिता अवधिमा सबै समुदायहरुलाई जातिय पोशाक उपस्थितिका अनुरोध गरिएको छ भने समापन कार्यक्रम पछि भब्य साँस्कृतिक कार्यक्रम समेत आयोजना हुने सचिव मिक्मा तेम्बा लामाले बताए ।

 

सम्बन्धित समाचार