एमसिसीविरुद्धको प्रदर्शनले बानेश्वरमा तनाव



काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसिसीको विरोधमा नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ। सरकारले फागुन ८ गते संसदमा पेश गरेर एमसिसीमाथि छलफल सुरु गर्न लागेपछि सो क्षेत्र तनावग्रस्त बनेको हो।

एमसिसीविरुद्धको आन्दोलनले तीनकुनेदेखि माइतिघरसम्मको सडक पूर्ण रुपमा प्रभावित बनेको छ।

राष्ट्रिय मानव अधिकार आयोगले नागरिकको शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने मानव अधिकारको सम्मान गर्न र विरोध प्रदर्शनलाई संयमित बनाउन आग्रह गरेको छ।

आयोगका प्रवक्ता डा टीकाराम भट्टराईद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिमा विरोध प्रदर्शन गर्दा बल प्रयोग नगर्न र शान्ति सुरक्षा कायम गर्दा संयमित हुन सरकार एवमं सम्बद्ध निकायलाई आग्रह गरिएको छ।

एमसिसीविरुद्ध फागुन ८ गतेको प्रदर्शनमा पनि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। एमसिसीलाई लिएर सडकदेखि सदनसम्म विभाजित भएको छ।

सम्बन्धित समाचार