नेकपा एमालेद्धारा संखुवासभामा जनवर्गीय संठनको विस्तार



संखुवासभा । नेकपा एमालेद्वारा जिल्ला स्तरीय जनवर्गीय संगठनहरुको विस्तार जिल्लाको चैनपुरमा भएको एक सम्मलनले गरेको छ । जिल्ला सम्मेलनले अनेरास्ववियु, अखिल नेपाल महिला संघ, किसान संगठन लागायत ३० बढी जिल्ला कमिटिको जनसँगठन घोषणा गरेको चैनपुर नगरपालिका नगरकमिटि सचिव चन्द्रमणि दाहालले जानकारी दिए ।

नेकपा (एमाले) जनवर्गीय संगठनको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं नेकपा एमाले पार्टी महासचिव शंकर पोखरेले राष्ट्रको पक्षमा काम गर्दा पूर्व प्रधानमन्त्री केपी ओलीको लोकप्रियतालाई देखेर सत्ता बाहिर पु¥याएको आरोप लगाए । गठबन्धन सरकारको विरुद्धमा पार्टी एक्लै लडिरहेको र आगामी निर्वाचनमा पनि एमाले एक्लै लडेर सत्तामा पुग्ने उल्लेख गरे ।

कार्यक्रममा विशिष्ट अतिथि एवं नेकपा एमाले स्थायी कमिटी सदस्य राजेन्द्र गौतम्, पोलिटव्युरो सदस्य महेश वस्नेत, प्रदेश अध्यक्ष तुलसी प्रसाद गौतम लगायत नेकपा एमाले नेताहरुले आ–आफ्ना धारणाहरु राखेका थिए ।

सम्बन्धित समाचार