शिलिचोङ । संखुवासभाको शिलिचोङ गाउँपालिकामा भीरबाट लडेर एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा वडा नं. ३ पांतिमाका चिम्रे राई रहेका छन् ।
६३ वर्षीय राई आइतबार साँझ संखुवा खोलामा रहेको पुल सफा गरेर घर फर्किदै गर्दा गोरेटोबाटोबाट करिब १ किलोमिटर तल खसेको गाउँपालिका अध्यक्ष राम बहादुर कुलुङले बताए । शव भीरको अप्ठ्यारो स्थानमा रहेको रुखमा अल्झिएका कारण स्थानीय र प्रहरीको सहायतामा निकाल्ने प्रयास भईरहेको कुलुङ ले बताए ।
उनको शव पाष्टमार्टमका लागि जिल्ला अस्पताल संखुवासभा खाँदबारी ल्याइने छ ।
प्रतिक्रिया