विराटनगरमा भ्यानको ठक्करबाट एक जनाको मृत्यु



विराटनगरमा पिकअप भ्यानको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार आज बिहान महानगरपालिका–५ आयल निगम नजिक निजी प्रदेश १–०२–००–२ च ५०५७ नम्बरको भ्यानले ठक्करबाट ईश्वरीप्रसाद पोखरेलको मृत्यु भएको हो ।

भ्यानको ठक्करबाट गम्भीर घाइते भएका ७६ वर्षीय पोखरेललाई उपचारका लागि कन्चनबारीस्थित आर्या न्यूरो अस्पताल लगिएको थियो । उपचारका क्रममा पोखरेलको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्र खड्काले जानकारी दिए ।

ठक्करपछि चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले बताएको छ ।

सम्बन्धित समाचार