काठमाडौं । नेपाल भ्रमणमा रहेका साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले आज उच्चस्तरीय भेटवार्ता गर्दै छन्। दुई दिने भ्रमणमा हिजो बेलुकी नेपाल आएका फैसलले आज राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्न गर्न लगेका हुन्।
राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्नु अघि बिहान १० बजे परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता हुने परराष्ट्र मन्त्रालयका सह–सचिव हरिशचन्द्र घिमिरेले जानकारी दिए। दुवै देशका परराष्ट्रमन्त्रीले पारस्परिक सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्ने छन्। सम्झौतापछि नेपाल र साउदी अरेबियाबीच सञ्चार, शिक्षा, संस्कृति, उद्योग, खेलकुदलगायत क्षेत्रमा सहकार्य हुने बताइएको छ।
साउदी नेपाली कामदारका निम्ति प्रमुख गन्तव्य देश हो। करिब ४ लाख नेपाली साउदीमा काम गर्छन्। फैसलको सम्मानमा परराष्ट्रमन्त्री खड्काले दिवाभोज आयोजनासमेत गरेका छन्। फैसल नेतृत्वको भ्रमण टोली आजै साँझ फर्किने छ।
प्रतिक्रिया