बलात्कार आरोपी एमाले नेता मोहन बानियाँ धरौटीमा छुटे



दाङ । बलात्कार आरोपमा पक्राउ परेका एमाले नेता मोहन बानियाँ पाँच लाख रूपैयाँ धरौटीमा छुटेका छन्।

जिल्ला अदालत, बाँकेका न्यायाधीश ईश्वरी भट्टराईको इजलासले बानियाँलाई ५ लाख धरौटीमा छोड्न आदेश दिएको हो ।

माघ १९ गते नेपालगञ्जको होटलमा जुम्लाकी ४० वर्षीया एक महिलामाथि बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा बानियाँविरूद्ध उजुरी परेको थियो । पीडित महिलाले २७ माघमा उजुरी दिएपछि फागुन १६ गते नेपालगञ्ज विमानस्थलबाट उनी पक्राउ परेका थिए ।

पक्राउ परेपछि उनी प्रतिनिधिसभा सदस्य पदबाट निलम्बनमा समेत परेका छन् ।

सम्बन्धित समाचार