विचार तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चितताको माग गर्दै पूर्वन्यायाधीश केसी सर्वोच्च जाने



काठमाडौं । नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता संकुचित पार्न खोजिएको भन्दै सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसी आज सर्वोच्च अदालत जाने भएका छन् ।

सर्वोच्च अदालतका न्यायाधीश हरि फूयालको एकल इजलासले १७ भदौं २०७८ मा जारी गरेको आदेशले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित पार्न खोजिएको भन्दै त्यसको खारेजीको माग राखी केसीले २९ भदौं २०७८ मा सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

संवैधानिक नियुक्तीसम्बन्धी मुद्दामा जोडिएको डा। गणेश रेग्मीको निवेदनसँग सरोकारित पूर्वन्यायाधीश केसीको निवेदन आज संवैधानिक इजलासमा पेस हुदैछ । न्यायाधीश केसीले आफू सर्वोच्च अदालतमा जाने र आफ्ना कुराहरु राख्ने बताए ।

उनले भने, ‘म मेरो पूर्वपदका कारण होइन, एउटा नागरिकको हैसियतले गएर आफ्नो विचार तथा अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाइनु हुदैन भन्न खोजेको हु ।’

गत भदौंमा सर्वोच्च अदालतको एकल इजलासले संवैधानिक इजलासको सुनुवाई रोक्नु भनी जारी गरेको आदेशमा ‘विचाराधीन विषयमा सार्वजनिक र सञ्चारमाध्यममा हुने छलफल, टिकाटिप्पणीलाई पनि निर्देशित गर्न खोजेको थियो । इजलासले ‘त्यसलाई कसरी हेर्ने भन्ने विषयमा पनि हेर्नुपर्ने देखियो’ भनेर आदेशमार्फत टिप्पणी गरेको छ ।

सम्बन्धित समाचार