एक बर्षपछि नेकपा एमाले आफ्नै पार्टी कार्यालय भवनमा फर्कियो



नेकपा एमाले संखुवासभा करिब एक बर्षपछि आफनै पार्टी कार्यालय भवनमा फर्किएको छ । पार्टीभित्र टुटफूट आउने गरी तत्कालीन नेकपा अध्यक्ष केपि ओली पक्ष र माधब÷प्रचण्ड पक्षबीच राय बाझिएपछि ओली समर्थक नेताहरु पार्टी कार्यालय भवनबाट अलग्गै मोर्चाबन्दीमा रहेका थिए ।

एमालेको दशौं राष्ट्रिय महाधिवेसन पश्चात आफ्नो स्वामित्वमा रहेको पार्टी कार्यालय भवन सदुपयोग गरिएको पार्टीका कार्यालय सचिब एवम सचिवालय सदस्य बिनोदसुब्बा गुरुङले जानकारी दिए । “बर्ष दिन भित्र यस्तो समय आयो कि नेकपा एमालेले आफ्नो घरमा बस्न समेत पाएन ।” बिनोद सुब्बा गुरुङले भने, “नेकपा कम्युनिष्ट पार्टीका अध्यक्ष भने पनि नेकपा एमालेका अध्यक्ष भनेपनि कमरेड केपी ओली नै थिए, र, पनि यो कार्यालय तेरो र मेरो भन्नेमा विवाद थियो । अन्ततः एमालेबाट असन्तुष्टहरु अलग्गै भए र हामीले आफ्नो अधिकार सहित हाम्रो पार्टी कार्यालय सम्हाल्न पाएका छौं ।”

आफ्नो पार्टी कार्यालयमा फर्कनुअघि नेकपा एमाले संखुवासभाले खाँदबारीस्थित मदन भण्डारी फउण्डेसनको कार्यालयमा संगठित हुने गरेको थियो । अहिले मदन भण्डारी फउण्डेसन र नेकपा एमाले पार्टी कार्यालय दुवै एमालेको अधिनमा रहेको छ । गुरुङले भने, “हामीलाई पार्टीको कार्यालय भवन व्यवस्थापन गर्न पार्टी भित्रकै विभिन्न व्यक्तिहरुले सहयोग गर्नुभएको छ । अब पुरानै पार्टी कार्यालयबाट हामीले कामकाज सुरु गरिसकेका छौं ।”

धेरै मेहनतबाट करिब १९ दिन निरन्तर कार्यालय सार्न समय खर्च गरेको पार्टीले जनाएको छ । कार्यालय भवनमा नहुँदा टेलिफोन र कोठा समेत अभाव भइरहेको पार्टी सचिब खड्ग राईले बताए ।

पार्टी कार्यालय व्यवस्थापनका लागि जिल्ला कमिटी सदस्य तथा मकालु गाऊँ कमिटीका सह–इन्चार्ज भरत कुमार कटुवालले केही आर्थिक सहयोग गरेको वताइएको छ ।

सम्बन्धित समाचार