काठमाडौं । एक साता (१ अप्रिल) अगाडी थाइल्याण्डको बैंककमा धावनमार्गमा गुडिसकेको अवस्थामा अकस्मात ब्रेक लगाउँदा पांग्रा पन्चर भएपछि ग्राउण्डेड भएको नेपाल एयरलाइन्सको जहाज आवश्यक मर्मतपछि काठमाडौं ल्याइएको छ ।
निगमका प्रवक्ता अर्चना खड्काका अनुसार आरए ४०२ जहाज काठमाडौं आउने क्रममा पांग्रामा समस्या आएको थियो । त्यसपछि पाइलटले जहाज रोकेर यात्रु तथा कार्गोलाई सुरक्षित रुपमा निकालेका थिए । १४१ जना याुत्रलाई ४ अप्रिलमा अर्को जहाज पठाएर काठमाडौं ल्याइएको थियो ।
थाई एयरवेजका प्राविधिक टिमले उक्त विमानको चार वटै पांग्रा फेर्नुपर्ने सुझाव दिएका थिए । आवश्यक पाग्रां कतार एयरवेजको विमानमार्फत २ अप्रिल २०२२ को उडानबाट बैंकक पठाइएको थियो । मर्मत सम्पन्न भएको (एनएकेडब्लू )जहाज बुधबार काठमाडौं अवतरण गरेको हो । यस घटनालाई अध्ययन, अनुसन्धान गरि प्रतिवेदन पेश गर्न निगमले एक समिति समेत गठन गरेको छ ।
प्रतिक्रिया