पाल्पा । आउँदो वैशाख ३० गते हुने स्थानीय तह चुनावमा पाल्पामा पाँच दलबीच चुनावी गठबन्धन हुने भएको छ ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा तथा जनता समाजवादी पार्टीबीच चुनावी तालमेल हुने भएको हो ।
हिजो संयन्त्रको बैठकले आउँदो निर्वाचनमा जिल्लाका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने निर्णय गरेको हो ।
चुनावी तालमेलका सम्बन्धमा पाल्पा कांग्रेसका सभापति हिमालदत्त श्रेष्ठको संयोजकत्वमा संयन्त्र निर्माण गरिएको छ । त्यसको सदस्यमा माओवादी केन्द्रका संयोजक नेत्रप्रसाद पाण्डे, एकीकृत समाजवादीका अध्यक्ष खिमानन्द पाण्डे, राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामी र जनता समाजवादीका मेयरमान राना रहेको संयन्त्रका संयोजक श्रेष्ठले बताउनुभयो ।
संयन्त्रले गठबन्धन दलबीच आवश्यक छलफल, परामर्श गरी स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाउनेछ । गठबन्धनमा सहभागी दलबाट तीनरतीन जना सहभागी हुने गरी एक कार्यदल गठन गर्ने निर्णय भएको एकीकृत समाजवादीका जिल्ला अध्यक्ष पाण्डेले बताउनुभयो ।
स्थानीय तह र वडाबाट सङ्कलन भएका प्रतिवेदनका आधारमा जिल्लास्तरीय संयन्त्रको बैठकबाट उम्मेदवार चयन हुने राष्ट्रिय जनमोर्चाका अध्यक्ष दर्लामीले बताउनुभयो । कार्यदलको बैठक पुनः यही चैत २५ गते बसेर उम्मेदवार तय गर्ने संयन्त्रले जनाएको छ ।मित भेटिएको हिजो पुष्टि भएको हो ।
नयाँ भेरियन्ट एक्सई पहिलो पटक बेलायतमा देखिएको थियो । यो भेरियन्ट ओमिक्रोनभन्दा बढी सर्नसक्ने क्षमता रहेको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको छ ।
ओमिक्रोन बीए–टू प्रजातिभन्दा नयाँ भेरियन्ट एक्सई १० प्रतिशत बढी सर्नसक्ने डब्ल्यूएचओको भनाइ छ । ओमिक्रोन एक्सई भेरियन्ट पुष्टि भएका भारतीय नागरिकको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सङ्क्रमित महिला रहेको र उनी फेब्रुअरी १० मा दक्षिण अफ्रिकाबाट मुम्बई आइपुगेको स्वास्थ्य अधिकारीलाई उदृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रतिक्रिया