बाघले बेपत्ता बनाएका पुरुषको शव फेला



चितवन । बाघको आक्रमणबाट बेपत्ता भएका ६५ वर्षीय रामप्रसाद धमलाको शव भेटिएको छ। उनको शव शनिवार बिहान ११:२० बजे भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

शनिवार बिहान ९:५ बजे पूर्वी चितवनको खैरहनी नगरपालिका-१२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका धमलाई बाघले आक्रमण गरी लगेको थियो। उनको शव जितपुरघाटमा भेटिएको हो। बाघले आक्रमण गरेर लगेपछि धमलाको खोजीका कार्यका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो।

सम्बन्धित समाचार