निर्वाचन आचारसंहिता : सञ्चार माध्यम के गर्न पाउँछन्, के पाउँदैन्रु (पूर्णपाठसहित)



काठमाडौं : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू गरेको छ।

शुक्रवार मध्यरातिदेखि लागू भएको आचारसंहिताअनुसार सञ्चारमाध्यमले कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रशारण गर्न नहुने आयोगले जनाएको छ। आचारसंहिता लागू भएसँगै सञ्चार माध्यम, संवद्ध कर्मचारी तथा पत्रकारहरूले ११ बुँदे आचारसंहिता पालना गर्नुपर्ने भएको छ।

स्थानीय तहको निर्वाचन सम्पन्न नभएसम्म सञ्चारमाध्यम, संवद्ध कर्मचारी र पत्रकारहरूले कुनै राजनीतिक दल वा उम्मेदवार वा निज प्रतिनिधिबाट दान, उपहार वा आर्थिक सहयोग लिन नहुने आचारसंहितामा उल्लेख छ।

त्यस्तै, कसैको पक्ष वा विपक्षीमा समाचार प्रकाशन वा प्रसार गर्न नहुने, जातजाति, भाषा, धर्म, सम्प्रदाय, लिङ्ग र क्षेत्रबीचको सम्बन्ध र सद्‍भावमा खलल पार्ने, राजनीतिक आस्था वा विचार राष्ट्रिय तथा सामाजिक अवस्था जस्ता कुनै पनि आधारमा भेदभाव हुने गरी समाचार प्रकाशन वा प्रशारण गर्न नहुने प्रावधान छ।

सम्बन्धित समाचार