काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि सुधार तथा मालपोत कार्यलय जनकपुरधामका मालपोत अधिकृत सुनिल कुमार झाविरुद्ध मुद्दा दर्ता गरेको छ।
जग्गासम्बन्धी हक सफा मुद्दामा फैसला गरिदिन्छु भनी सेवाग्राहीसँग ५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा निमित्त कार्यलय प्रमुखसमेत रहेका मालपोत अधिकृत झालाई गत चैत २८ गते अख्तियारको टोलीले पक्राउ गरेको थियो।
अनुसन्धानका क्रममा सेवाग्राहीबाट ५ लाख रुपैयाँ घुस माग गरी लिएको पुष्टि भएकाले विशेष अदालत काठमाडौंमा आज आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।
उनका अनुसार झा लाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ को घ बमोजिम ५ लाख रुपैयाँ बिगो कायम गरी जरिवाना र कैद सजायको माग दाबी लिइएको छ।
प्रतिक्रिया