गोरखा जीप दुर्घटना : ज्यान गुमाउने तीनै जनाको परिचय खुल्यो



गोरखा । गोरखाको सिरानचोक गाउँपालिका ४ आरुबोटेमा हिजो सोमवार बेलुकी भएको जीप दुर्घटनामा ज्यान गुमाएका तीनै जनाको परिचय खुलेको छ ।

ज्यान गुमाउनेहरूमा बारपाक सुलिकोट गाउँपालिका ५ का ५० वर्षीय देवीप्रसाद पोखरेल, कावासोती नगरपालिका १४ का ८० वर्षीय उत्तरकुमार सिग्देल र काठमाण्डौ महानगरपालिका १६ बनस्थली बस्ने ४५ वर्षीय पदम न्यौपाने रहेका जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक ९डीएसपी० लीलाराज लामिछानेले जानकारी दिनुभयो ।

चितवनबाट जन्ती बोकेर आएको बा १४ च ७८१ नम्बरको जीप गोरखाबाट चितवन फर्कने क्रममा हिजो बेलुकी सिरानचोक गाउँपालिका ४ आरुबोटेको फिरफिरे भिरबाट तल खसेको थियो । तीन जना यात्रु चढिसकेपछि अन्य दुई जनालाई चढाउनका लागि सहयोग गर्न जीप चालक सिट बाहिर ओर्लिएका बेला ओरालोमा रोकिराखेको जीप पछाडि सर्दै सडकबाट तल खसेको डीएसपी लामिछानेले बताउनुभयो ।

जीप चालक भरतपुर महानगरपालिका १८ धर्मपुरका घनश्याम लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । मृतकको शव पोस्टमार्टमका लागि गोरखा अस्पतालमा ल्याइएको छ ।

सम्बन्धित समाचार