कञ्चनजंगा हिमालमा भारतीय आरोहीको मृत्यु



काठमाडौं। विश्वको तेस्रो अग्लो कञ्चनजंगा हिमालको आरोहणका क्रममा एक भारतीय आरोहीको मृत्यु भएको छ । विहीबार राती चुचुरो नजिक पुगेका भारत महाराष्ट्रका आरोही ५२ वर्षीय नारायण इयरको आठ हजार दुई सय मिटर नजिक मृत्यु भएको आरोहण आयोजक कम्पनी पायोनियर एड्भेन्चर ट्रेकका प्रमुख पासाङ शेर्पाले जानकारी दिनुभयो ।

चुचुरो पुग्ने क्रममा शारीरिक शक्ती कम्जोर भएपछि साथमा रहेका गाइडले आधारशिविर फर्काउन खोज्दा नमाने पछि आरोहीको हाइ लागेर मृत्यु भएको शेर्पाले जानकारी दिनुभयो । मृतकको शव आधारशिविर ल्याउने विषयमा छलफल सुरु भएको कम्पनीले जनाएको छ । आरोहणदलका अन्य सदस्यहरु मध्ये १९ जनाले सफल आरोहण गरी शुक्रबार साँझसम्म आधारशिविर फर्कने कम्पनीले जनाएको छ ।

यस महिना कञ्चनजंगामा भने ७ आरोहणदलबाट ६८ जना आरोहीले आरोहणका लागि पर्यटन विभागबाट अनुमती लिएका छन् । नेपालका अग्ला २६ वटा हिमाल आरोहण गर्न ११३ आरोहणदलबाट ७४ देशका ९१८ जना आरोहीले विभागबाट अनुमती लिएको छ ।

 

सम्बन्धित समाचार