परिचयपत्र नभएका मतदातालाई पनि भोट खसाल्न दिने आयोगको तयारी



काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र नभएकालाई पनि मतदान गर्न मिल्ने व्यवस्था गर्ने जनाएको छ।

आयोगले आफ्नो परिचय खुल्ने आधिकारिक कागजातका आधारमा मतदान गर्न दिने तयारी गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। मतदाता परिचयपत्र भएकाहरुले भने सजिलै मतदान गर्न सक्नेछन्।

नियमित पत्रकार सम्मेलनमा पौडेलले ५ सयभन्दा बढी मतदाता भएका मतदान केन्द्रमा ८ जना र ५ सयभन्दा थोरै मतदाता भएका केन्द्रमा ७ जना कर्मचारी खटिने जानकारी दिएका छन्। आयोगले विभिन्न सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएका निर्वाचन आचारसंहिता विपरीतका सामग्री भोलिसम्म हटाउन पनि निर्देशन दिएको छ।

आयोगले गत बिहीबारदेखि गरेका महत्त्वपूर्ण निर्णयहरू पनि सार्वजनिक गरेको छ।

सम्बन्धित समाचार