बुटवलमा एमाले उम्मेदवारकी श्रीमती सुकुम्बासी टोलमा पुगेपछि कांग्रेसको नाराबाजी



बुटवल । नेकपा एमालेबाट बुटवल उपमहानगरपालिकाको मेयरको उम्मेदवार बाबुराम भट्टराईकी श्रीमती माया भट्टराई बुधबार दिउँसो सुकुम्बासी बस्तीमा पुगेपछि स्थानीय कांग्रेस कार्यकर्ता र नाराबाजी गरेका छन् ।

भट्टराई बुटवल उपमहानगरपालिका–११ मजुवाको को सुकुम्बासी वस्तीमा पुगेपछि मत प्रभावित पार्ने उद्देश्यले पैसा बाँड्न आएको भन्दै कांग्रेस कार्यकर्ताले होहल्ला र नाराबाजी गरेको हो । बुधबार दिउँसो प्रहरी पुगेपछि प्रहरीले उनलाई स्थानीय सिर्जना भूसालको घरमा फेला पारेको थियो ।

मजुवा टोलस्थित सिर्जना भूसालको छिमेकीको घरमा अन्य तीनजना महिलासहित पुगेकी भट्टराई कांग्रेस कार्यकर्ताले होहल्ला गरेपछि सिर्जनाको घरमा बसेकी थिइन् ।

सम्बन्धित समाचार