काठमाडौं । मौन अवधिमा मतदातालाई पैसा बाँडेको आरोपमा सिरहामा एक पुरुष पक्राउ परेका छन्।
सिरहाको गोलबजार नगरपालिका २ गुरुधाममा एकजना मतदातालाई पैसा बाँड्दै गरेको अवस्थामा नेकपा माओवादी केन्द्रका कार्यकर्ता प्रेमकुमार लाहेलाई टोलवासीले नियन्त्रण लिई प्रहरीलाई बुझाएका हुन्। स्थानीयले पक्राउ गरेका लाहेबाट ९ हजार रूपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ।
पक्राउ परेका व्यक्तिलाई उजुरी गरी कारबाहीको दायरामा ल्याउने नल्याउने अधिकार भने मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई रहेको छ। उनीविरुद्ध निर्वाचन अधिकृतको कार्यालय गोल बजारमा लिखित उजुरीसमेत परेको निर्वाचन अधिकृत शिवप्रसाद आचार्यले थाहाखबरलाई जानकारी दिए। उनका अनुसार लाहेलाई स्पष्टीकरण सोधिएको छ।
प्रतिक्रिया