नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला दाङ प्रहरीको नियन्त्रणमा



तनहुँ । बन्दीपुर गाउँपालिका वडानम्बर ५ मा मौन अवधिमा बाँड्न लागिएको चामल प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुधबार राति यम्पा भन्ने स्थानबाट बाँड्ने तयारी गरिरहेका बेलामा ५० बोरा चामल प्रहरीले नियन्त्रणमा लिएको हो ।

स्थानीय भुजेल बस्तीलाई बाँड्ने तयारी गरेकोबेला माओओवादीको युवा संगठन वाईसीएलले चामल नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेको थियो ।

चामल बाँड्न लागेको सूचना थाहा पाएपछि यम्पा पुगेको प्रहरीले चामद बरामद गरेको हो । चामल कुन पार्टी वा समूहले बाँड्न लागेको भन्ने नखुलेको प्रहरीले जनाएको छ ।ङ प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई बिहीबार बिहान ४ बजे दाङको भालुवाङबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

पूर्व९पश्चिम राजमार्ग हुँदै बिहीबार नेपालगञ्जतर्फ जाँदै गरेका बास्तोला सहित केही व्यक्तिलाई सोधपुछका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख सुरेश काफ्लेले बताए । बास्तोलाको साथमा सहयोगीहरू राजेन्द्र साउद र अचल मोक्तान पनि छन् ।

बास्तोला संयोजक रहेको नेकपा बहुमतले केही दिन अघिमात्र स्थानीय तह निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको थियो । उक्त पार्टीले निर्वाचन बहिष्कार गरेकाले शान्ति सुरक्षाको विषयलाई लिएर सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरी प्रमुख काफ्लेले बताए । ‘निर्वाचनको बेला हुन सक्ने सम्भावित घटना हुन नदिन, शान्ति सुरक्षालाई ध्यानमा राख्दै उहाँहरुलाई सोधपुछका लागि रोकेका छौं,’ काफ्लेले भने ।

उनी नेपालगञ्जमा पार्टीको कार्यक्रममा सहभागी हुन जान लागेको बताइएको छ ।

सम्बन्धित समाचार