शताब्दी पुरुष सत्यमोहन जोशीले १०३औँ जन्मोत्सव मनाउँदै



काठमाण्डौ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले आज १०३औँ जन्मोत्सव मनाउँदै हुनुहुन्छ ।

संस्कृतिविद् जोशी १०३ वर्षको उमेरमा पनि उतिकै सक्रिय हुनुहुन्छ । साहित्य लेखनसँगै संस्कृति र परम्पराका बारेमा उहाँले कलम चलाउँदै आउनु भएको छ ।

ललितपुरको बखुम्बहालमा उहाँको जन्म भएको हो । उहाँलाई लोक संस्कृति र इतिहासको पुस्तकालय भनेर समेत चिनिन्छ । तीन पटक मदन पुरस्कार विजेता जोशीका प्रबन्ध तथा अनुसन्धानात्मक कृति प्रकाशित छन् ।

२०१३ सालमा ‘नेपाली लोक संस्कृति’ २०१७ मा ‘नेपाली राष्ट्रिय मुद्रा’ तथा २०२८ मा ‘कर्णाली लोक संस्कृति’ पुस्तकका लागि उहाँले मदन पुरस्कार पाउनुभएको छ । उहाँले ५० वटाभन्दा धेरै पुस्तक लेख्नु भएको छ ।

सम्बन्धित समाचार