सङ्खुवासभाका सबै स्थानीय तहको मतगणना सम्पन्न, कांग्रेस ६ र एमाले ४ स्थानमा विजयी



सङ्खुवासभाका सबै स्थानीय तहको मतगणना सम्पन्न भएको छ । सम्पन्न मतगणनामा नेपाली कांग्रेसले ६ पालिका प्रमुखसहित ३ उपप्रमुखमा जित निकालेको छ भने नेकपा एमाले ४ पालिका प्रमुख र ४ उपप्रमुखमा विजयी भएको छ ।
नेकपा (एकीकृत समाजवादी)ले २ पालिका उपप्रमुख र नेकपा(माओवादी केन्द्र)ले एक उपप्रमुखमा जितेको छ ।

खाँदबारी नगरपालिकामा गठबन्धन दलका उम्मेदवार नेपाली कांग्रेसका महेश थपलिया विजयी भएका छन् । थपलिया ८ हजार ३४ मतका साथ विजयी हुँदा प्रमुखका प्रतिद्धन्दी एमालेका उम्मेदवार जीतबहादुर घिमिरेले ५५ सय ८९ मत ल्याएको छ ।
उपप्रमुखमा एमालेका महेश्वरा बज्राचार्यले ६ हजार ३ सय ८५ मत ल्याएर विजयी भईन् । उपप्रमुख माओबादी केन्द्रका दिव्य बरालले ५१ सय ४७ मत ल्याए । २०७४ मा यहाँ नेकपा एमालेले दुबै पद जितेको थियो ।

त्यस्तै सिलिचोङ गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसको उमेदवार निर्वाचित भएका छन् । अध्यक्ष पदमा भुपालराज मेवाहाङ र उपाध्यक्ष पदमा देविता कुलुङ निर्वाचित भएका हुन् ।
अध्यक्ष मेवाहाङले २,२०३ मत प्राप्त गरेका छन्भने उपाध्यक्ष कुलुङले २,०७५ मत प्राप्त गरेका छन् । अध्यक्षका निकटतम् प्रतिद्वन्दी माओवादी केन्द्रका मञ्जिल कुलुङले २,००९ मत प्राप्त गर्दा उपाध्यक्षका उमेदवार देवीकुमारी राईले १,७७० मत प्राप्त गरेका छन् ।

यता सभापोखरी गाउँपालिका अध्यक्षमा गठबन्धनका उमेदवारहरु नेपाली कांग्रेसका भिमबहादुर लिम्बु र उपाध्यक्षमा एकिकृत समाजबादीका लक्ष्मी चापागाईं विजयी भएका छन् । लिम्बुले ३ हजार ७ मत र चापागाईंले २ हजार ४३९ मत ल्याइन् ।
अध्यक्षका प्रतिद्वन्दी एमालेका उम्मेदवारहरु रत्नबहादुर सुब्बाले २,३०५ र उपाध्यक्षका प्रतिद्वन्दी सबिता बरालले २,३७६ मत ल्याएका छन् ।

त्यसै गरी मकालु गाउँपालिका प्रमुखमा काङ्ग्रेसका ओङ्दी छिरिङ शेर्पा विजयी भएका छन् । उनले ३ हजार १७ मत ल्याए । उपप्रमुखमा माओबादी केन्द्रका मनकला राई २७ सय ५९ मत ल्याएर विजयी भइन् । उनीहरू गठबन्धनका उमेदवार हुन् । प्रमुखका प्रतिद्वन्दी एमालेका भरतकुमार कटुवालले २४ सय ७८ मत ल्याए । उपप्रमुख एमालेका चमेली राईले २ हजार ३३ मत ल्याईन । २०७४ मा यहाँ नेकपा एमालेले दुबै पद जितेको थियो ।

धर्मदेवी नगरपालिका प्रमुखमा नेकपा एमालेका उम्मेदवार उदयचन्द्र पौडेल विजयी भएका छन् ।
पौडेलले ४ हजार २८२ मत ल्याउँदा उनका निकतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार थलकुमार लिङ्खाले ४ हजार १ सय ९३ मत ल्याए । लिङ्खालाई ८९ मत हराउँदै पौडेलले प्रमुख पदमा विजयी भएका हुन् ।

उपप्रमुखमा नेपाली काँग्रेसकी उम्मेदवार तारा महत विजयी भएकी छन् । नेकपा एमालेकी लक्ष्मी गिरीलाई २ सय १८ मत अन्तरले पछि पार्दै महत उपमेयर पदमा विजयी भएकी हुन् । उपप्रमुख महतले ४ हजार २३ मत ल्याएकी छन् । उनका निकटम प्रतिद्वन्द्वी एमालेकी गिरीले ४ हजार ५ मत ल्याएकी छ्न् ।

पाँचखपन नगरपालिकाको मेयरमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका विपिन राई चार हजार ७८८ मत ल्याएर निर्वाचित भएका छन् । नेकपा एमालेका हिन्दुकुमार राईले तीन हजार ४३७ मत पाए । त्यस्तै उपमेयरमा नेकपा एकीकृत समाजवादीकी सुमुना श्रेष्ठ निर्वाचित भएका छन् । उनले तीन हजार ८३४ मत पाए । नेकपा एमालेकी अनिता न्यौपानेले तीन हजार ४८७ मत पाए ।

भोटखोला गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका वाङ छेदर लामा निर्वाचित भएका छन् । लामाले १ हजार ८०३ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्दी नेकपा एकीकृत समाजवादीका चुङदाक भोटेले १ हजार ४१६ मत ल्याए । उपाध्यक्षमा एमालेकै सहना लामा निर्वाचित भएकी छन् । उनले १ हजार ७९१ मत ल्याउँदा नेपाली कांग्रेसका डुक्पा थिकेपा भोटेले १ हजार ५३६ मत ल्यार दोस्रो भए ।

चिचिला गाउँपालिकाको पाँच वटै वडाको मत गणना सकिदा सबै वडा र पालिका अध्यक्ष उपाध्यक्षमा नेपाली कांग्रेसको जित भएको छ । अध्यक्षमा पासाङ नुर्वू शेर्पा दोश्रो कार्यकालका लागि निर्वाचित भएका छन् भने उपाध्यक्षमा मनकला राई निर्वाचित भएका छन् ।

अध्यक्ष शेर्पाले निकटतम् प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका रिपु प्रसाद राईलाई दोब्बर भन्दा बढि मत ल्याएर निर्वाचित भएका हुन् । शेर्पाले १८ सय ६१ मत ल्याउदा राईले ९ सय ९ मत मात्र प्राप्त गरेका छन् । उपाध्यक्ष पदमा पनि कांग्रेसका उमेदवारले दोब्बर भन्दा बढि मत अन्तरले जितेको छ । कांग्रेसका उमेदवार मनकला राईले १८ सय ५४ मत प्राप्त गर्दा नेकपा एमालेका विष्णुकुमारी राईले ९ सय ३४ मत मात्र प्राप्त गरेका छन् ।
चिचिला गाउँपालिका २ मा एक वडा सदस्य नेकपा माओवादीले जितेको छ । त्यस बाहेक सवै वडामा नेपाली कांग्रेसले प्यानल नै जितेको छ । २०७४ को स्थानीय तहको निर्वाचनमा पनि यस वडामा माओवादी केन्द्रले वडा अध्यक्ष पद जितेको थियो ।

चैनपुर नगरपालिकामा नेकपा एमालेका प्रमुखमा कृष्ण कुमार तामांङ र उप प्रमुखमा एलिना श्रेष्ठ बिजयी भएका छन । तामांङले ६ हजार ७ सय ५७ मत ल्याएर बिजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका ज्ञान बहादुर कार्कीले ५ हजार ९ सय ४० मत ल्याए । उप प्रमुख निर्बाचित श्रेष्ठले ६ हजार ९ सय ५ मत ल्याईन भने गठ बन्धन माओबादी केन्द्रका लाखमान तामांङले ५ हजार ४ सय ३० मत ल्याएका छन् ।

मादी नगरपालिका अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार जीवन लिंथेप ४,३३१ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार दावा क्षत्र शेर्पालाई १,६५५ मतान्तरले पराजित गरेका हुन । पराजित दावा क्षत्र शेर्पाले २,६७६ मत ल्याएका छन् ।
उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार सुनिता देवी भट्टराई निर्वाचित भएका छन् । उनले ४११० मत ल्याउँदा नेपाली कांग्रेसका पासाङ्ग शेर्पाले ३२२८ मत ल्याएका थिए ।

 

सम्बन्धित समाचार