खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ सोल्माका नवनिर्वाचित वडाध्यक्ष ध्रुवविक्रम राईले मेरो एक दिन गाउँलाई कार्यक्रम अघि सार्नुभएको छ ।
आज सोमवार पदभार ग्रहण गर्दै नवनिर्वाचित वडाध्यक्ष राईले हरेक महिना एक दिन गाउँका लागि योगदान दिने गरी मेरो एक दिन गाउँलाई कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव अघि सार्नुभएको हो ।
हरेक टोलमा टोल विकास समिति गठन गर्ने र त्यो समितिमार्फत महिनामा एक दिन वडाको विकास निर्माण, मर्मत, सरसफाइ, वृक्षारोपणलगायतका सामाजिक काममा श्रमदान गर्ने÷गराउने परिकल्पना गरिएको वडाध्यक्ष राईले बताउनुभयो ।
नवनिर्वाचत वडाध्यक्ष राईले ‘हामीले देखेको वडा र सोल्माको समृद्धि’ कार्यक्रम गर्ने, वडाको नाममा रहेको गाडीलाई मानव तथा पशु स्वास्थ्य उपचारका लागि प्रयोग गर्ने योजना अघि सार्नुभएको छ । यस्तै वडाको शैक्षिक क्षेत्रलाई व्यावहारिक शिक्षाको रूपमा रूपान्तरण गर्दै सोल्मालाई शैक्षिक हबको रूपमा विकास गर्ने, सोल्मा बसपार्कलाई तत्काल सञ्चालने कार्यक्रम पनि उहाँका योजनामा छन् ।
प्रतिक्रिया