डेढ महिनामा चोभार सुख्खा बन्दरगाहबाट भित्रियो ३ करोड २६ लाखको सामान



काठमाडौं । काठमाडौंको चोभारस्थित सुख्खा बन्दरगाहबाट डेढ महिनाको अवधिमा ३ करोड ३६ लाख रुपैयाँ बराबरको मालवस्तु भित्रिएको छ । सरकारले भन्सार बिन्दु नै काठमाडौं हुने गरी सुख्खा बन्दरगाह सञ्चालनमा ल्याएको हो ।

२२ चैतमा उद्घाटन भएको यो संरचनाबाट वैशाख मसान्तसम्म कुल ३ करोड २६ लाख ६ हजार रुपैयाँ बराबरको सामान आएको तथ्यांक छ । यो भन्सार बिन्दुबाट निर्यात भने शून्य रहेको छ ।

कुल निर्यातको तुलनामा समेत सुख्खा बन्दरगाहबाट भएको आयात नगन्य बराबर हो । सुख्खा बन्दगाह भन्सार प्रशासक धनबहादुर बडुवालका अनुसार उद्घाटनका दिन कुल चार वटा कन्टेनर काठमाडौं आएका थिए । त्यसपछि एउटा कन्टेनर यहाँ आएको छ । यी कन्टेनरमा कम्प्यूटर, कपडा र हेल्मेट काठमाडौं आएका थिए ।

सम्बन्धित समाचार