संखुवासभाको २ पालिकामा निर्विरोध निर्वाचित भए कार्यपालिका सदस्य



स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएपश्चात बुधबार (आज) कार्यपालिका सदस्य चयनका लागि निर्वाचन भइरहेको छ । संखुवासभाको १० स्थानीय तहमा बिहान १० बजेदेखि मतदान सुरु भएको छ । जिल्लाका दुई पालिका बाहेकका निर्वाचित सदस्यहरुले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर कार्यपालिका सदस्यका उम्मेदवारलाई मतदान गरिरहेका छन् । तर जिल्लाको भोटखोला गाउँपालिका र शिलिचोङ गाउँपालिकामा भने निर्वाचन नै गर्नु नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय खाँदबारीले जानकारी दिएको छ ।

शिलिचोङमा नेपाली कांग्रेसको बहुमत देखिएपछी अन्य दलले चुनावी प्रतिस्पर्धा नगर्ने भएको हो । त्यस्तै भोटखोला गाउँपालिकामा पनि नेकपा एमाालेको बहुमत देखिएपछी अन्य दलले चुनावी प्रतिस्पर्धा नगर्ने भएको हो । यी दुवै पालिकामा ५÷५ ओटा वडाहरु रहेका छन् ।

पाँच गाउँपालिका र पाँच नगरपालिका रहेको संखुवासभामा ६ ओटा स्थानीय तह नेपाली कांग्रेस र ४ ओटा नेकपा एमालेले जितेको छ ।

 

सम्बन्धित समाचार