धरानमा महिला हिंसाविरुद्ध प्रदर्शन



धरान । महिला हिंसाविरुद्ध धरानमा विशाल प्रदर्शन गरिएको छ। शुक्रबार धरानका सबै कलेजमा अध्ययनरत विद्यार्थीहरुले र्‍याली निकालेर प्रदर्शन गरेका हुन्।

धरानको महेन्द्र क्याम्पस, पब्लिक माबी, धरान सिटि कलेज, धरान मेघा कलेज, धरान मोडल कलेज, शारदा बालिका माबी, धरान उच्छ माबिमा अध्ययनरत विद्यार्थीहरुले विरोध र्‍याली निकालेर धरानमा प्रदर्शन गरेका थिए।

विभिन्न प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले बलत्कारीलाई फासी दे, महिला पुरुष समान हुन्, महिलाहरूको सुरक्षाको ग्यारेन्टी गर् भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

पब्लिक उच्च माबिकी छात्रा भुमिका राइले गाउँ, घर, समाज, कार्यालय, विद्यालयमा महिला सुरक्षित हुने वातावरण मिलाउन पनि सरकारसंग माग गरेकी छन्। उनले देशभर विद्यालयका छात्रा र महिलाहरू बलात्कारको सिकार हुँदासमेत महिला अधिकारकर्मीहरुको भुमिका राम्रो नभएको आरोप लगाइन्।

महिला सञ्जाल धरानकी अध्यक्ष तेतना श्रेङ्ले महिलाहरुको सुरक्षा सरकारले गर्नु पर्ने र बलात्कारीलाई कडा कार्बाहीको व्यवस्था गर्न माग गरेकी छिन्।

सम्बन्धित समाचार