काठमाडौं । सर्वोच्च अदालतले जन्मकैदको सजाय नघटाउने फैसला सुनाएलगत्तै पत्नी हत्यामा दोषी सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जन कोइराला पक्राउ गरेका छन् ।
काठमाडौं महानगरपालिका–३१ नयाँ बानेश्वरबाट कोइरालालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी बसन्तबहादुर कुँवरले जानकारी दिए ।
जन्मकैद मुद्दामा जेल सजाय बिताइरहेका कोइराला प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले साढे ८ वर्ष जेल बसेमा सजायको मक्सद पूरा हुने फैसला गरेपछि ८ साउन २०७७ मा छुटेका थिए ।
तर बिहीबार कामू प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु टंकबहादुर मोक्तान र डा। कुमार चुडालको इजलासले जबरा र केसीले गरेके फैसला उल्टाउँदै रञ्जनलाई जन्मकैद नै हुने फैसला सुनाएपछि प्रहरीले कोइरालालाई पक्राउ गरेको हो ।
कोइरालाले अब साढे ११ वर्ष जेल बस्नुपर्नेछ । पक्राउ परेका कोइरालालाई प्रहरीले अब फैसला कार्यान्वयनका लागि अदालतमा पेश गर्नेछ । त्यसपछि उनी पुनः कारागार चलान हुनेछन् ।
प्रतिक्रिया