नीति तथा कार्यक्रम बहुमतले पारित



काठमाण्डौ । आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदबाट पारित भएको छ ।

आज दिनभर पनि नीति तथा कार्यक्रममाथि छलफल र बहस भएपछि नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

नीति तथा कार्यक्रमलाई प्रतिनिधि सभा बैठकमा निर्णायार्थ पेस गर्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवाले पेस गर्नुहुने राष्ट्रपति विद्यादेवी भण्डारी र छलफलमा भाग लिने सबै सांसदलाई धन्यवाद दिनुभएको छ ।

नीति तथा कार्यक्रममा कार्यान्वयन हुन सक्ने विषय मात्रै समावेश भएको दाबी गर्दै प्रधानमन्त्री देउवाले महँगी नियन्त्रण, आयात प्रतिस्थापन, कृषि उत्पादनमा वृद्धि लगायतका विषयलाई सरकारले उच्च प्राथमिकता दिएको बताउनुभयो।

सम्बन्धित समाचार