उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमालेको जित सुनिश्चित भएको छ ।
पछिल्लो मतपरिणाम अनुसार मेयरमा कांग्रेसका वसन्त बस्नेत १ हजार ९ सयभन्दा धेरै मतले अगाडि हुनुहुन्छ । अब करिब ३ हजार मत गन्न बाँकी छ । अहिलेसम्म गणना भएको ३६ हजार ९ सय ५८ मतमध्ये बस्नेतले १२ हजार ७ सय ६८ मत प्राप्त गर्नुभएको छ ।
एमालेका भागवत राउतले १० हजार ८ सय ३ मत ल्याउनुभएको छ । उपमेयरमा एमालेकी महेश्वरी राईको जित सुनिश्चित भएको छ । उहाँले १२ हजार २ सय ७५ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसकी सरिता राईले ११ हजार ८९ मत प्राप्त गर्नुभएको छ । त्यस्तै माओवादीकी गीता खड्का कार्कीले ६ हजार २ सय ३१ मत ल्याउनु भएको छ ।
आजै नतिजा आउने निर्वाचन कार्यालयले जनाएको छ । अरु सबै पालिकाको नतिजा आइसके पनि त्रियुगा नगरपालिका र बाजुराको बूढीगङ्गा नगरपालिकाको नतिजा आउन बाँकी छ । बूढीगङ्गामा फेरि चुनाव हुने निर्णय भए पनि मिति तय भइसकेको छैन ।
प्रतिक्रिया