जिल्ला समन्वय समिति संखुवासभाको प्रमुखमा शाक्य र घलेको चर्चा



संखुवासभा । स्थानीय तहको निर्वाचन सकिएपछि अब जिल्ला समन्वय समिति (जिसस) संखुवासभाको प्रमुख को बन्ने भन्ने चर्चा चुलिएको छ।

जिल्ला समन्वय समिति संखुवासभाको प्रमुखमा फेरी पनि नेकपा एकीकृत समाजवादीका नेता सुमन शाक्यको चर्चा चल्न थालेको छ । उनी यसअगाडि पनि जिल्ला समन्वय समितिका प्रमुख थिए । उनका साथै जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली काँग्रेसका नेता राजेन्द्र घलेको समेत चर्चा चल्न थालेको छ ।

निर्वाचन अघि पाँच दलीय गठबन्धनको बैठकले जिसस प्रमुख एकीकृत समाजवादीलाई दिने निर्णय गरिसकेको जनाएको छ तर पनि काँग्रेसबाट मनोनयन दर्ता हुने सक्ने आँकलन छ । एकीकृत समाजवादीले फेरी पनि जिसस प्रमुखमा सुमन शाक्यलाई अघि सार्ने बुझिएको छ । त्यसैले उनी खाँदबारी नगरपालिका वाड नं.१ बाट वडा सदस्यमा निर्वाचीत भए ।

काँग्रेस नेता घले चिचिला गाउँपालिकाका मनोनित कार्यपालिका सदस्य हुन् । उनले जिल्ला समन्वय समितिको प्रमुखमा आफ्नो दावी रहेको बताए । उनले भने—‘पार्टीले के निर्णय गर्छ हेर्न बाँकी छ तर मेरो मनोनयन दर्ता हुन्छ ।’

जिल्ला समन्वय समिति गठनबारेमा नेपाली काँग्रेस जिल्ला कार्यसमितिको औपचारिक बैठक बस्न बाँकी रहेको काँग्रेसका जिल्ला सचिव टकमान घलेले बताए । उनले स्थानीय तहको निर्वाचनमा गठबन्धन भयो, कुन दलले कसरी भुमिका निर्वाह ग¥यो भन्ने समिक्षा समेत नभएको र अब जिससमा गठबन्धन हुन्छ÷हुदैन भन्ने बिषयमा अहिले नै भन्न सकिने अवस्था नरहेको बताउनुहुदै काँग्रेसले पनि प्रमुखमा दावी गर्न सक्ने संम्भावना बलियो रहेको बताए ।

१० वटा स्थानीय तह रहेको संखुवासभामा नेपाली काँग्रेस ९, एमाले ८, एकीकृत समाजवादी २ र माओबादी केन्द्र १ मत रहेको छ । बैशाख ३० को स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस, एकीकृत समाजवादी, माओबादी केन्द्र, जनता समाजवादी पार्टी र राष्टिय जनमोर्चा गरि पाँच दलीय गठबन्धन रहेको थियो । काँग्रेसले गठबन्धन बाहिर रहे अन्य पार्टी मिलेर पनि जिसस गठन हुनसक्ने संम्भावना छ ।

स्थानीय तहको निर्वाचन सकिएको एक महिनाभित्र जिल्ला समन्वय समिति (जिसस) गठन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । जिसस गठनका लागि संखुवासभाका मुख्य निर्वाचन अधिकृतको कार्यालयले सुचना जारी गरिसकेको छ ।

आज शुक्रबार २० गते मतदाता नामावली प्रकाशन गर्ने, मतदाता नामावली छुट वा नाम सच्याउन दरखास्त दिने, संशोधित नामावली प्रकाशन गर्ने, मतदाताको विरोध उजुरी दिने, उजुरी उपर जाँच बुझ गर्ने र अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, २१ गते उम्मेदवारले मनोनयन दर्ता गर्ने, उम्मेदवारको सुची प्रकाशन गर्ने, उम्मेदवारको विरोधमा उजरी दिने, २२ गते मनोनयन पत्रको जाँच र उजुरी उपर निर्णय गर्ने, उम्मेदवारको नामावली प्रकाशन गर्ने, उम्मेदवारले नामावली फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई चिन्ह प्रदान गर्ने र २४ गते मतदान गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले कार्यतालिका प्रकाशन गरेको छ ।

स्थानीय तहका जनप्रतिनिधि (पालिका प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष)ले जिल्ला समन्वय समिति गठनका लागि मतदान गरेर नेतृत्व छान्न पाउने ब्यबस्था छ । समन्वय समितिमा प्रमुख, उपप्रमुख, कम्तीमा ३ महिला, र एक दलित वा अल्पसंख्यकसहित ६ देखि ९ सदस्यहरु रहने ब्यबस्था छ ।

सम्बन्धित समाचार