भारतमा १६ औँ राष्ट्रपति चयनका लागि यही जुलाई १८ मा चुनाव हुने भएको छ । त्यसको मतगणना भने जुलाई २१ देखि मात्रै हुने निर्वाचन आयोगले आज बिहीवार जानकारी दिएको छ ।
प्रमुख निर्वाचन आयुक्त राजिव कुमारले पत्रकार सम्मेलनमा भन्नुभयो, नयाँ राष्ट्रपति चयनका लागि प्रक्रिया सुरु भइसकेको छ । वर्तमान राष्ट्रपतिको कार्यकाल नसकिँदै नयाँ राष्ट्रपति निर्वाचित भइसक्नुहुनेछ ।
भारतका वर्तमान राष्ट्रपति रामनाथ कोभिन्दको कार्यकाल यही जुलाई २४ मा सकिने भएकाले नयाँ राष्ट्रपति चयनका लागि चुनाव हुन लागेको हो ।
राष्ट्रपति चयनका लागि एक सांसदको मतभार सात सय हुने संवैधानिक व्यवस्था रहेको छ । मतदाता अन्तर्गत पर्ने व्यक्ति निलम्बित भएको वा कारागारमा छन् भने उनीहरूलाई प्रक्रिया पूरा गरेर मतदानमा सहभागी गराइने व्यवस्था छ ।
राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता यही जुन २९ मा गर्नुपर्ने गरी चुनाव तालिका बनाइएको निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन भने जुलाई २ मा मात्रै हुने भएको छ ।
अहिले सन् २०२२ मा राष्ट्रपति चुनावका लागि चार हजार आठ सय नौ ुइलेक्ट्रोरलु मत रहेको र उनीहरूलाई कुनै राजनीतिक दलले ुह्विपु जारी गर्न नसक्ने पनि प्रमुख आयुक्त कुमारले जानकारी दिनुभयो ।
प्रतिक्रिया