नेपाली संगीतका महागुरु दिप श्रेष्ठ र राजेश पायल राई खाँदबारी आउदै



खाँदबारी । नेपाली संगीत क्षेत्रका महागुरु दिप श्रेष्ठ, बरिष्ठ गायक राजेश पायल राई लगायतका चर्चित कलाकारले खाँदबारीमा कार्यक्रम गर्ने भएका छन् । यहि भदौ ३ गते खाँदबारी युथ क्लव र संखुवासभा उद्योग बाणिज्य संघको आयोजनामा हुने कार्यक्रममा प्रस्तुती दिन कलाकारहरु खाँदबारी आउने भएका हुन् ।

अमर श्रष्टा स्वर्गीय खेमराज गुरुङको स्मृतिमा कार्यक्रमको आयोजना गर्न लागिएको हो । ३ गते कृष्ण जन्मअष्टमीको दिन पोखरी बजारमा दिउँसो ४ बजेबाट कार्यक्रम सुरु हुने आयोजक खाँदबारी युथ क्लवका महासचिव सुरेन शाक्यले जानकारी दिनुभयो ।

कार्यक्रममा गायक तथा संगीतका भविन ढुंगाना, उमंग लामा, सुरेन्द्र पुलामी, अपन श्रेष्ठ, ध्रुब खड्का, नवीन दाहाल लगायत दर्जन कलाकारहरुले प्रस्तुती दिने आयोजकले जनाएको छ । कार्यक्रममा हास्य कलाकारहरु जयन्द्र शाक्य, रमोद श्रेष्ठ र नृत्य कलाकार साजन राईको पनि प्रस्तुती रहने छ ।

सम्बन्धित समाचार