खेमराज गुरुङ श्रष्टा सम्मान दिप श्रेष्ठलाई र प्रतिभा पुरस्कार भविन ढुंगानालाई



यो वर्ष खेमराज राष्ट्रिय श्रष्टा सम्मान गायक दिप श्रेष्ठलाई र प्रतिभा पुस्कार गायक तथा संगीतकार भविन ढुंगानालाई प्रदान गरिने भएको छ । कृष्ण जन्माष्टमीको दिन उनको छैटौं बार्षिक पुन्य तिथीमा खेमराज गुरुङ ट्रष्टले श्रेष्ठलाई सम्मान गर्न लागेको हो । ट्रस्टले गुङको स्मृतिमा हरेक वर्ष श्रस्टा सम्मान तथा प्रतिभा पुरस्कार वितरण गर्दै आएको छ ।

यस वर्ष श्रष्टा सम्मान गायक दिप श्रेष्ठलाई र प्रतिभा पुरस्कार भविन ढुंगानालाई प्रदान गरिने भएको हो । यस अघि यो सम्मान जन गायक रामेश, वरिष्ठ गीतकार रत्न शमशेर थापा र संगीतकार प्रकाश गुरुङलाई प्रदान गरिएको थियो । यस्तै खेमराज प्रतिभा पुरस्कार यसअघि गायक सुसन लामा गायिका मेलिना राई र संगीतकार तथा गायक ओमप्रकाश राईलाई प्रदान गरिएको थियो ।

कार्यक्रम शुक्रबार खाँदबारीको पोखरीमा हुने छ ।

सम्बन्धित समाचार