भिजिट भिसामा कुवेत जान लागेका ३९ जना महिलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिइएको छ ।
शंकास्पद कागजपत्र फेला परेपछि त्रिभुवन अन्तर्राष्ट्रिय सुरक्षा कार्यालयले उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरु बुधबार बिहान ३ बजे जजिरा एयरको उडानबाट कुवेत जान लागेका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डिआइजी श्यामलाल ज्ञवालीले भिजिट भिसाका लागि आवश्यक कागजात नभएकाले मानव तस्करीमा संलग्न समूहले कुबेत लैजान लागेको आशंकामा उनीहरूलाई रोकेको बताए ।
पक्राउ परेकाहरुलाई माइती नेपाल पठाई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया